भोली माधव नेपालको ६६ औं जन्मदिन, केपी ओलीले आजै केक काटेर मनाईदिए
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालको ६६ औं जन्मदिन मनाईएको छ । जन्मदिनको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले केक काट्दै नेपालको जन्मदिन मनाएका हुन् । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यले केक काटेका थिए ।

दुई साता अघि मात्रै अध्यक्ष ओलीले आफ्नो जन्मदिन भब्य रुपमा मनाएका थिए तर नेता नेपालको जन्मदिन आज नभएर २३ गते हो । नेपालको जन्म वि.स. २००९ फागुन २३ गते रौतहटको गौरमा भएको थियो ।
एमालेको स्थायी कमिटि बैठक सुरू हुनु अघि नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनका अवसरमा एमाले नेताहरुले नेता नेपाललाई शुभकामना दिएका छन् । आज राष्ट्रपतिको उम्मेदवार छान्नका लागि एमाले स्थायी कमिटी बैठक बसिरहेको छ । केन्द्रबिन्दु


