रहेनन् अब साहित्यकार इन्द्रबहादुर राई
काँकडभिट्टा । भारतीय नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राईको मंगलबार अपरान्ह भारतको दार्जिलिङमा निधन भएको छ ।
९३ वर्षीय राई लामो समयदेखि विरामी थिए।गत २७ अगष्टमा श्रीमती मायादेवीको देहावसानपछि राई पनि थलिएका थिए।
१९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिएका राईको पहिलो कृति सन् १९६१ मा ‘विपना कतिपय’ प्रकाशित भयो। सन् १९५८ मै लेखि सिध्याएको उपन्यास ‘आज रमिता छ’ १९६४ मा मात्रै प्रकाशित भयो। यो उपन्यास लेखिका मञ्जुश्री थापाले अंग्रेजीमा अनुवाद गरेकी छन्। उनको पछिल्लो कृति ‘सम्पुरक’ हो।
गत वर्ष राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधी सम्मान समेत गरेको थियो । सन् ६० को दशकतिर तेस्रो आयाम र त्यसपछि लीला लेखन जस्ता आयामको कमाण्ड सम्हालेका राईसंगको बिहीबारजातीय संस्कार अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।


