संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो। सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्। रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ।

एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए। – नेपाल लाइभ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।