स्थानीय निकायलाई अधिकारसम्पन्न बनाइने

हेटौँडा, २३ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि उनीहरुलाई अधिकारसम्पन्न पार्न केही दिनभित्रै ल्याइने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपालका तर्फबाट प्रदेश नं ३ जिल्ला समन्वय महासंघका अध्यक्ष रघुनाथ खुलालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिएको ज्ञापनपत्र बुझ्दै उहाँले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि आर्थिक कारोवारसहित कार्य क्षेत्र विस्तार गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

सो ज्ञापनपत्रमा प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जिल्लासभाका काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न, जिल्लासभाको सञ्चालन, जिल्ला समन्वय समितिका पदाधिकारीले पाउने सुविधाबारे आग्रह गरिएको छ । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठलाई पनि संसद् सचिवालयमा भेटी जिल्ला समन्वय महासंघले सो व्यहोराको ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।