सर्वाधिक खोजीको सूचीमा रहेका ‘डिमे’ कारागार चलान

चिर्पट र पिर्का प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कृष्ण लामा पक्राउ

नुवाकोट, २३ फागुन । ठूलो संख्यामा वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे आज कारागार चलान भएका हुन् ।

काठमाडाँै बौद्धका ४० वर्षीय डिमेलाई सिआइबी इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको थियो ।

वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले पाँच वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालयल नुवाकोटले २०७१ असार १३ गते डिमेलाई रु एक लाख जरिवाना सुनाएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन पुगेको थियो । वन कार्यालयको फैसला उल्टाउँदै डिमेलाई पुनरावेदन अदालत पाटन, ललितपुरले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनअनुसार अवैधरुपमा आखेटोपहार ओसारपसार मुद्दामा पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

यसैगरी लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।