मालिकले कुट्दा बेहोस भए, ढाड-खुट्टा भाच्चिए : यी हुन मृत्युलाई जितेकी चेली ! (भिडियो सहित)

यो कस्तो बिडम्बना, कति चेली हरु खाडीमा दलाल बाट बेचिएर यसरी बस्न बाध्य भएका छन् यो कुनै नौलो कुरा होइन | आज फेरी आङकामी शेर्पाको सहयोगमा अर्की बेचिएकी चेलीको उद्दार भएको छ |पिडित चेली आफ्नो दुख: पिडा लाइव भिडियो मार्फत पोख्नु भएको छ | आङकामी शेर्पा अमेरिकामा बस्दै आय पनि उहाको सामाजिक सेवा नेपाली हरुको लागि एकदमै मर्मस्पर्सी छ | दलाल बाट बेचिएका अहिले सम्म ५८ चेली हरु लाइ उहाले उद्दार गर्न सफल हुनु भएको छ |

विदेश जादा महिला दिदीबहिनीहरु सचेत हुनु जरुरी छ । आफ्नै आफन्तहरुबाट ठगि भइ रहेको घटनाहरु दिनानुदिन आउने गर्छ । लोभ लालजमा नपर्नु होला, विदेश भनेको जस्तो सजिलो छैन । विदेशी भुमिमा महिला दिदीबहिनीहरु सुरक्षित छैनन । घरेलु हिसांको सिकार हुनु परेको कयौँ घटनाहरु मैले देखेको छु उद्धार पनि गरेको छु ।

विदेश जानु भन्दा आफ्नै देशमा सानो काम गरेर बसे त्यसले जिविकोपार्जन गर्न सकिन्छ । खाडी मुलुकमा महिला जानु भनेको आफ्नो जिवनलाई अप्ठ्यारोमा पार्नु जिवन जोखिममा पार्नु हो । खाडी मुलुकमा घरेलु हिसांको सिकार र दर्जानौ दिदीबहिनीहरु मलिकबाट बलत्कृत हुनु परेको छ ।

उदाहरणको रुपमा सरिता राइको घटनालाई हेर्न सकिन्छ । उनले इराकमा २ बर्ष काम गरिन पछि घर जाने भनी भन्दा उनलाई जान दिएन उनी घरबाट भागिन भागेर एजेण्टमा पुगिन एजेण्टले उनलाई फेरि पहिला काम गर्ने घरमा पुर्याइ दियो । उनलाई घरको मलिकले किन भागेको भनी कुटियो । मालिकको कुटाइबाट उनको खुट्टा र ढाड भाचिएको छ । उनलाइ सहयोग गर्नका लागि ९८४०२६८७७३ मा सम्पर्क गर्न सकिन्छ । यो घटनाबाट सबैले पाठ सिक्नु पर्छ । हाम्रा नेपाली दिदिबाहिनीहरु सचेत हुन जरुरी छ । सरिता राइ एक उदाहरण हुन यस्तो घटना दिनानुदिन घटी रहेको हुन्छ । यसबाट चेतना जागृत भइ सचेत हुन जरुरी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।