सभामुखका लागि आज मनोनयन दर्ता हुँदै : माओवादी केन्द्रको तर्फबाट महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले सो पदमा उम्मेदवारी दिने तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन ।

यही फागुन २२ गते बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेको थियो । हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ ।

महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ ।

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।