नेपाल आइडलका विजेता बुद्ध लामा तनावमा : जितेको पुरस्कार अहिलेसम्म नपाउदाँ यसरी मुख खोले

बुद्ध लामाले कार नपाएको विषयमा यस्तो भन्छ नेपाल आइडल

काठमाडौँ । नेपाल आइडलले विजेता बुद्ध लामालाई तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम हस्तान्तरण गरिसकिएको दाबी गरेको छ।

सञ्चार माध्यममा बुद्ध लामाले नेपाल आइडल भए वापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेको भन्ने समाचारलाई आयोजकले ‘भ्रामक सामाग्री’को संज्ञा दिएको छ।

नेपाल आइडलले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ – ‘तोकिएको र सम्झाैता अनुसारकाे पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ। पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनीसँगै छ। कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई कारको मूल्यको २५% (प्रतिशत) आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराइएको छ। उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं।’

त्यसैगरी नेपाल आइडलको अनुसार विजेताले पाउने म्युजिक एल्बमका लागि बुद्ध लामाले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अग्रिम रकमसमेत भुक्तानी गरिसकिएको छ जसको भिडियो एपीवान एचडिले निर्माण गर्नेछ । विदेश भ्रमणमा रहेको बेला समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको बुद्ध लामालाई लाग्नु स्वभाविकै भन्दै आयोजकले सम्झौताको एक वर्ष सकिन अगावै सम्पन्न हुने बताएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको एक अडियोमा बुद्धले नेपाल आइडल भएबापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए। उनले भनेका थिए- ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन। ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने?’

लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन्। ‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि गाउँदैछु हेर्नुस्। यो त मेरो खास कामै होइन नी। चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने? तिनीहरूले तिरेर ल्याउनुपर्ने होइन र यो त?’

एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । सार्जनिक भएको एउटा अडियोमा उनले भनेका थिए, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’ लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।