यीनै हुन् १८ वर्षीया किशोरीलाई ‘बोक्सी’ भन्दै ६ घण्टासम्म कुटपिट गर्ने ‘भोलेबाबा’

धनगढी, २५ फागुन । युवतीलाई ‘बोक्सी’ भन्दै निर्घात कुटपिट, लछारपाछर र गाली बेजती गर्ने राम बहादुर चौधरी ‘भोलेबाबा’ लाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीलाई गाउँले भेला गरेर विहीबार विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म लगातार कुटपिट गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार पछि थप उपचारकोलागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेपछि कैलालीका थारु पत्रकार, राष्ट्रिय मानव अधिकार आयोग, ईन्सेक, ओरेक नेपाल लगायत संघ संस्थाको पहलमा पीडकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेको अनुसार पीडित किशोरीका आफ्न्तले चौधरीमाथि सार्वजनिक अपराधमा उजुरी दिएको बताए ।

घिमिरेले भोलि शनिबार भएकोले आईतबार मात्रै त्यो मुद्धा दर्ता गर्ने बताउदै पीडक चौधरी माथि अनुसन्धान गरि कानुनी कार्बही अगाडी बढाउने बताए ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् – बोक्सीको आरोपमा १८ वर्षीया किशोरीमाथि कुटपिट, प्रहरीले नै उजुरी दर्ता गर्न मानेन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।