चट्याङ लागेर एक महिलाको मृत्यु ,दुई घाइते

सल्लेरी, सोलुखुम्बु, २६ फागुन । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ४ गुदेलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

हावाहुरीसँगै शुक्रबार साँझ परेको चट्याङका कारण गुदेलकी–५६ वर्षीया रीजामली राईको मृत्यु भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

सोही समयमा परेको चट्याङका कारण गुदेलकै २५ वर्षीया शान्ति राई र सोही घरमा डेरा गरी बस्ने प्रितुबहादुर कार्कीका छोरा १४ वर्षीय छितिज कार्की घाइते भएका छन् । गुदेल स्वास्थ्य चौकीमा उपचार गरेपश्चात् घाइतेहरु सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ गइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।