प्रधानमन्त्री र गृहमन्त्रीको कडा निर्देशन पछि छाडिएका ‘भोलेबाबा’ पुनः पक्राऊ, छुटाउन दबाब दिने जो कोहीलार्इ पक्राउ गरी कडा कारबाही गर्न निर्देशन

बोक्सीको आरोपमा लगातार ६ घण्टासम्म कुटपिटमा परेकी कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीकी २० वर्षीया युवतीले न्याय पाउने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले आफूलार्इ भोलेबाबा बताउँदै युतवीमाथि निर्घात कुटपिट गर्ने रामबहादुर चौधरी, पार्वती चौधरीलगायत घटनामा संलग्न जो कोहीलार्इ पक्राउ गरी कडा कारबाही गर्न कडा निर्देशन दिएपछि रामबहादुर पुनः पक्राउ परेका छन् ।

बोक्सीको आरोपमा कुटपिट गर्ने कार्यमा संलग्नहरूलार्इ प्रहरीले पक्राउ गर्दा छुटाउन दबाब दिने जनप्रतिनिधिलार्इ पनि कारबाहीको दायरामा ल्याइने भएको छ ।

रामबहादुरलार्इ इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरे पनि घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकायालगायतले दबाब दिएपछि प्रहरीले छाडेको थियो । तर, प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि रामबहादुर पुनः पक्राउ परेका हुन् ।

पार्वतीले आफूलार्इ बोक्सी लागेको भन्दै र रामबहादुरले युवती नै बोक्सी भएको भन्दै ६ घण्टासम्म निर्घात कुटपिट गरेका थिए । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहेका थिए ।

पीडित युवती सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ ।

यो पनि पढ्नुहोस्

आफ्नै अगाडी युवती कुटपिट हुँदा रमिते बने घोडाघोडी नगरपालिकाका मेयर

यीनै हुन् १८ वर्षीया किशोरीलाई ‘बोक्सी’ भन्दै ६ घण्टासम्म कुटपिट गर्ने ‘भोलेबाबा’

बोक्सीको आरोपमा १८ वर्षीया किशोरीमाथि कुटपिट, प्रहरीले नै उजुरी दर्ता गर्न मानेन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।