महिलालाई उचित स्थान नदिएको भन्दै मुख्यमन्त्री लालबाबुलाई ज्ञापनपत्र

महेन्द्रनगर, धनुषा, २६ फागुन । प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ ।

अन्तर पार्टी महिला सञ्जाल धनुषाले आज प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा त्यसमा महिलालाई उचित स्थान नदिइएकाले त्यसलाई सुधार गर्ने मागसहित सञ्जालकी अध्यक्ष मञ्जुकुमारी यादवले ज्ञापनपत्र बुझाउनुभएको छ ।

संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने प्रावधान रहेको छ ।

प्रदेश नं २ मा एकजना पनि महिलालाई मन्त्री नबनाउनु र राज्यमन्त्रीमा एक महिलालाई मात्र सहभागी गराएकोमा ज्ञापनपत्रमार्फत आपत्ति समेत जनाइएको छ । साथै यसलाई अविलम्ब सच्याउन माग समेत गरिएको छ ।

मुख्यमन्त्री राउतले अन्तरपार्टी सञ्जालको माग जायज र सान्दर्भिक रहेको र माग सम्बोधन गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले महिलाको क्षेत्रमा नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको भन्दै संविधानमा महिलाको हक सुनिश्चितताअनुसार विस्तारै सबै क्षेत्रमा सुधार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काँग्रेस, एमाले, माओवादी, राजपा, फोरम र राप्रपाका महिलाको संगठन रहेको अन्तरपार्टी महिला सञ्जालले महिलाको हक अधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।