ट्राफिकलाई घुस दिन खोज्ने चालक पक्राउ

काठमाडौँ, २९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भई भक्तपुर बस्ने भुवन मोक्तानलाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिनुभयो । पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।