१० घर, १ पोखरी अभियान शुरु

अर्घाखाँची, ९ चैत । पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ ।

गाउँगाउँमा रहेका पोखरी संरक्षणको अभावमा मासिँदै गइरहेका बेला युवाको सक्रियतामा अभियानको शुभारम्भ गरिएको हो ।

पोखरी मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणको लागि अभियान शुरु गरिएको अभियानकर्मी युवा व्यवसायी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

विद्यालय, सडक, प्रतीक्षालयजस्ता संरचना निर्माण गर्दा पोखरी मासिँदै गएको र यसका कारण मानव जीवनमा नै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान शुरु गरिएको अर्का अभियानकर्मी, युवा व्यवसायी एवं नयाँ एफएमका स्टेशन म्यानेजर हरिप्रसाद भुसालको भनाइ छ ।

अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरी ५०० पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक हप्ताको बीचमा करीब एक दर्जन पोखरी निर्माण गरिसकेको छ ।

अभियानलाई निश्चित घेराभित्र मात्र सीमित नगरी देशभर सञ्चालन गर्नुपर्नेमा अभियानले जोड दिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖