सुरु गरियो पेट्रोलियम पाइप लाइनको काम !

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको भारत भ्रमणको प्रभाव देखिन थालेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्त रुपमा शिलान्यास गरेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि धमाधम जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ७० किलोमिटर पाइपलाइन निर्माणको काम रु २ अर्ब ७५ करोडको लागतमा भइरहेको छ । यसमा भारत सरकारको रु २ अर्ब र नेपाल सरकारको रु ७५ करोड लगानी रहेको छ ।

नेपालको ३६ दशमलव २ किलोमिटर भूभागमा पाइप लाइन निर्माण हुनेछ । भारतको मोतिहारीदेखि रक्सौलसम्म जमिनमुनि पाइप पुर्ने काम सम्पन्न भइसकेको छ । नेपालतर्फ बाराको सिमरामा करिब ५ सय मिटरजति खाल्डोमुनि पाइप राख्ने काम सम्पन्न भइसकेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालयले जनाएको छ ।

अबको १३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको छ । वर्षाले बाधा नगरे एक वर्षभित्र पाइप जमिनमुनि बिछ्याउने काम सम्पन्न हुनेछ ।

पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर इन्धन भित्रिनेछ । पहिलो चरणमा पाइपमार्फत डिजेल ल्याउने र अमलेखगन्जस्थित आयल निगमको डिपोमा भण्डारण गर्ने योजना छ ।

बहुप्रतीक्षित मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको काम सम्पन्न भएपछि नेपाल–भारत सीमा क्षेत्रमा हुने सवारी चाप पनि हटेर जाने विश्वास लिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।