३७ वर्ष कैद सजायको फैसला सुनाईएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश !

काठमाडौँ, ६ वैशाख । सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

नुवाकोटका करीव २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेकोे उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उहाँलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले विसं २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।