दीपक मनाङे कारागार चलान, मनाङे निर्वाचित क्षेत्रमा पुन: निर्वाचन हुने

काठमाडौं । सांसद दिपक मनाङगे निर्वाचित भएको निर्वाचन क्षेत्रमा पुन निर्वाचन हुने भएको छ । दीपक मनाङे कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ ।

अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने भएको हो । प्रदेशसभा सचिवालयले राजिव गुरुङ निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी निर्वाचन आयोगमा पठाएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उपनिर्वाचनको लागि पत्राचार भने संघीय सरकारले गर्ने कि प्रदेश सरकारले गर्ने भन्ने प्रष्ट व्यवस्था छैन । कानुन अनुसार निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगसँगको परामर्शमा संघीय सरकारलाई मात्र रहेकाले प्रक्रियागत आधारमा संघीय सरकारले नै गर्नुपर्ने उनले बताए । संघीय संसदका कुनै सदस्यको निधन वा पदमुक्त भएमा सो पद खाली रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराउनुपर्छ ।

सोही प्रक्रिया अनुसार मनाङ ख बाट निर्वाचित सदस्य राजीव गुरुङ ज्यान मार्ने उद्योग अन्तर्गत जेल परेकाले सो निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी प्रदेश ४ को प्रदेशसभा सचिवालयले आयोगलाई गराउन सक्नेछ ।

मनाङे २०७८ वैशाख ६ गतेसम्म जेलमा रहनेछन् । उनले यसअघि २ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् । निर्वाचन कानुन अनुसार अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भएका छन् ।

मनाङ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र उनी फौजदारी मुद्दाका फरार अभियुक्त रहेको अदालतको फैसलापछि खुलेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖