अब त्रिवि अन्तर्गतका कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भए पठन पाठन बन्द

काठमाण्डौ, त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसका कुनै पनि संकायमा १० जनाभन्दा कम विद्यार्थी भएको खण्डमा त्यस्ता संकायको पठन पाठन बन्द हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा उक्त संकाएको पठन पाठन बन्द गर्ने बताएका छन् । उनले त्रिविको शिक्षा सुधार कार्यक्रमअनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘कुनै संकायमा एक एक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, यदि त्यो संख्या पूरा गर्न सकिएन भने कक्षा सञ्चालन बन्द गरिनेछ ।’

विद्यार्थी कम भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको उपकुलपछि खनियाँले बताए । त्रिविका प्रधाध्यापकलाई पनि बढी विद्यार्थी भएको ठाउँमा खटाइने उपकुलपति खनियाँले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖