जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते

डोटी, ८ वैशाख । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।

शिखर नगरपालिका आली गाउँमा शनिबार दिउँसो भएको दुर्घटना भएको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप । दिपायलबाट जोरागाउँका लागि हिँडेको उक्त जीप दुर्घटनामा तीन जनाको मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । तस्वीर: केशबचन्द्र महरा, रासस, डोटी

दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

शिखर नगरपालिका–३ आली गाउँमा दुर्घटना ग्रस्त जीपका घाइते यात्रुहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार हुँदै । शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप आली गाउँमा दुर्घटना भएको हो । तस्वीर: केशबचन्द्र महरा, रासस, डोटी

प्रहरी र स्थानीयवासी मिलेर घाइतेहरुको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।