नयाँ बसपार्कस्थित यातायात समितिका सबै काउन्टर हटाइयो
काठमाडौं । यातायात संघ तथा समितिका सबै काउन्टर नयाँ बसपार्कबाट हटाएको छ ।
सरकारले सिन्डिकेटको पक्षमा लागेर सेवा अवरुद्ध गरेका यातायात संघ तथा समितिका सबै काउन्टर नयाँ बसपार्कबाट हटाएको हो ।
बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले सरकारको निर्देशन अनुरुप साँझ तीन दर्जन समितिका काउन्टररु हटाएका छन् । अब कम्पनीका काउन्टरहरु व्यवस्थित रुपमा राख्ने लोत्सेका महाप्रवन्धक सुनिल कुँवरले जानकारी दिए ।
समितिका काउन्टर १४ वर्षदेखि बसपार्कमा भाडा नतिरी एकतर्फी रुपमा कब्जा जमाएर बसेका थिए । बसपार्कभित्र यात्रु ठगिने र लुटिने अवस्था अत्त्य गर्न सरकारको सहयोग माग्ने कुवँरले बताए ।


