विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर, २६ वैशाख । विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो ।

अस्थायी मुकाम तोकिएदेखि नै प्रदेश सभा सञ्चालनका लागि अहिले जिल्ला समन्वय समितिको प्रशासनिक भवन भुइँतला र पश्चिम तर्फको सभा हल तत्काल उपयोग गर्न दिइसकेको छ, संयोजक पोखरेलले भन्नुभयो, “यसमा प्रदेश सभाको नियमित कार्य सञ्चालन भइरहेको छ ।”

जिल्ला समन्वय समिति मोरङले समिति मातहतका प्रशासनिक भवनलाई प्रदेश सभा सञ्चालन तथा प्रयोग गर्न दिइसकेको उल्लेख गर्दै उहाँले ऐतिहासिक नगरी विराटनगरलाई स्थायी राजधानी कायम गर्न जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिले करीब १० दिनभित्र प्रशासनिक भवन पूर्वतर्फ रहेको भवनमा सर्ने जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।