मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण

मुस्ताङ, २७ वैशाख । प्रकृतिका मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससागै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो ।

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उहाँले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भन्नुभयो । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउनुहुन्छ । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउनुहुन्छ । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पु¥याउने उहाँको विश्वास छ ।

जोमसोममा भारतीय दूतावासका टोली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणलाई लक्षित गरी जोमसोम बजारमा आएका भारतीय दूतावासका प्रशासनिक कर्मचारीको टोली लिएर आएका सवारी साधन । दूतावासबाट हवाई मार्गका साथै स्थल मार्गबाट प्रशासनिक कर्मचारी आउने क्रम बढेको छ । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

जोमसोममा भारतीय हेलिकोप्टर

मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकप्टर । प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

प्रधानमन्त्री मोदी भ्रमणको तयारी

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी प्राविधिक टोलीसहित आवश्यक सामग्री बोकेर आएको भारतीय वायु सेनाको हेलिकप्टर बिहीबार जोमसोम विमानस्थलमा अवतरण गर्दै । तस्बिर : रामबहादुर थापा, मुस्ताङ, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।