सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध !

काठमाडौँ, २७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाई त्यसको प्रभावकारी कार्यान्वयन भएको जनाएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी भई कार्यान्वयनमा छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोक्न र सो स्थानमा धूम्रपान तथा सुर्ती सेवनमा बन्देज लगाउन सक्ने व्यवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖