आमाछोरी नै थलिएपछि सहयोगको अपिल !

सुरुङ्गा, झापा । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो । गम्भीर प्रकृतिको रोगले सताएको र उपचारका लागि खर्च नहुँदा रोगले छोरी छटपटिएको हेरेर बस्नुपर्दाको पिडासंगै विगत आठ महिनादेखि उहाँ आफैँ पनि थलिएर बस्नुको विकल्प भएन ।

झुमादेवीले आफ्नो ढाड दुख्ने समस्या शुरु हुनेबित्तिकै गाउँका धामी सहित चिकित्सकलाई पनि देखाउँदा समस्या समाधान भएन भने छोरी नवीता राजवंशीको पनि सानैबाट पेटमा पानी जमेकाले पीडामाथि पीडा छ । छोरीलाई उपचार गर्ने बेलामा आमा नै थलिएपछि राजवंशी परिवारमा अहिले विचल्ली भएको हो ।

झुमादेवीका श्रीमान् नन्द राजवंशीले जेठीबाट छोरा नभएको भन्दै कान्छी श्रीमतीका रुपमा उहाँलाई भित्र्याउनुभएको थियो । उहाँका दुई सन्तानमध्ये १६ वर्षीया छोरीको पेटमा पानी जमेका कारण शरिरको विकास हुन नसकी अहिले नविता सात आठ वर्षकी जस्तै देखिन्छिन् ।

झुमाका श्रीमान् भारतको राजस्थानमा मजदूरी गर्दै आउनुभएको छ भने उहाँको मेरुदण्डमा ऐजरु पलाएर कम्मरमुनिको भाग नचलेका कारण घरबार पनि लथालिङ्ग भएको छ । यस्तो अवस्थामा स्थानीय कर्णाली बचत तथा ऋण सहकारी संस्थाले उहाँको उपचारका लागि आर्थिक सहयोग त ग¥यो तर त्यत्तिले मात्रै नपुगेपछि सोही सहकारीले समेत सहयोगको अपिल गरेको हो ।

सहकारीका सचिव भूपाल बस्नेतले भन्नुभयो, “सहयोगबाट जम्मा भएको रु एक लाख ५० हजार स्थानीय अस्पतालमा उपचार गर्दागर्दै सकियो तर अस्पताले स्रोतले उहाँको उपचारमा करिव रु. पाँच लाख लाग्ने बताएको छ ।”

सचिव बस्नेतका बुबाआमाले क्यान्सर रोगका कारण ज्यान गुमाएकाले उहाँले अहिले आमाबुबाका नाममा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्था दर्ता गर्नुभएको छ । सोही संस्थामार्फत उपचारका लागि सहयोग संकलन गरेर झुमादेवीको उपचार गर्ने उहाँले बताउनुभयो ।
चिकित्सकको सल्लाहबमोजिम झुमाको काठमाडौँको वीर अस्पतालमा उपचार संभब हुने भएकाले सबैले आ–आफ्नोतर्फबाट सकेको सहयोग गरिदिन उक्त सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले सबैमा आग्रह गर्नुभयो ।

झुमादेवी राजवंशीको नाममा रहेको उक्त सहकारीको राजगढ सेवाकेन्द्रको खाता नम्बर ००५०७०००३८२मा सक्दो आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका सचिव बस्नेतले पनि जोड दिनुभयो ।

वाह्रदशी गाउँपालिका– २ राजगढकी ३२ वर्षीया झुमादेवी राजवंशी आर्थिक अभावका कारण उपचार गर्न नसकी आठ महिनादेखि थलिएपछि सहयोगको अपिल गर्नुुहुँदै समाजसेवी भूपाल बस्नेत । झुमाको कम्बर मुनिको भाग चल्दैन भने छोरी नवीताको पेटमा पानी जमेकाले उनीहरुको जीवन बचाई दिन समाजसेवी बस्नेतले सबैसँग आग्रह गर्नुभएको छ । तस्बिर: सुरेन्द्र भण्डारी, सुरुङ्गा, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖