राष्ट्रपति भण्डारी र मोदी बीच शीतल निवासमा भेटवार्ता, आपसी हित र चासोका विषयमा छलफल
काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा दुई देशको आपसी हित र चासोका विषयमा छलफल भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीका अनुसार भेटका अवसरमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध र आपसी हित र चासोका विषयमा कुराकानी भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा दुई देशका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।


