कीर्तिमानी आरोही कामीरिताको अझै सगरमाथा आरोहणको चाहना

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताउनुभयो ।

आरोहण सकेर आज घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो काम आरोहण गर्ने भएकाले स्वास्थ्य राम्रो भए आगामी वर्ष पनि सगरमाथा चढ्ने बताउनुभयो ।

आरोही शेर्पालाई स्वागत गर्न उल्लेख्य संख्यामा आफन्त र सुभेच्छुक विमानस्थल पुगेका थिए । सोलुखुम्बुका कामीरिता शेर्पाले यही जेठ २ गते सगरमाथाको २२ पटक सफल आरोहण गर्नुभएको थियो । कीर्तिमानी शेर्पाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका थिए ।

यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गर्नुभएका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसक्नुभएको छ ।

यसैबीच सगरमाथा आरोहणको आज आठाँै दिन पनि आरोहण जारी रह्यो । यद्यपि, आज के कति संख्यामा आरोही चुुचुरोमा पुगे भन्ने विवरण आइनसकेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् उनीहरुको विवरण संकलन भइरहेको छ ।

सगरमाथा आरोहणको सातौँ दिनसम्म शनिबार २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए ।

वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो ।

वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।