नेपाली सेनाद्वारा निर्मित स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड रक्षामन्त्रीद्वारा उद्घाटन

रसुवा । रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गर्नुभएको छ ।

नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रुपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिनुभयो ।

२५ किमी छोटियो

गल्छीदेखि सदरमुकाम धुञ्चेदेखि रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग १०६ किमी रहेकामा नवनिर्मित सडकखण्ड खुलेपछि २५ किमी घटी ८१ किमीमा आउनेछ ।

गल्छीदेखि स्याफ्रुबेंसीसम्म भने साविकमा ९० किमी भएकामा अब ६५ किमी हुनेछ । चट्टान नै चटन भई भौगोलिक विकट सो स्थानमा विसं २०७२ वैशाख १देखि सो सडकखण्ड निर्माण शुरु भई गत चैत ३० गते निर्माण सम्पन्न भएको थियो ।

नेपाली सेनाले मार्ग खोलिसकेको स्याफ्रु–मैलुङ सडकखण्डमा अब छिट्टै थप व्यवस्थापनका काम सरकारले अघि बढाई नेपाल–चीनको व्यापार अघि बढाउने छ ।

कार्यक्रममा नेपाली सेनाले निर्माण गरेको उक्त सडक आजै सडक विभागलाई हस्तान्तरण गरिएकोे छ । सडक निर्माणको लागत रु ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेना सडक निर्माणका प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो । सडक निर्माणमा नेपाली सेनाका सबै दर्जालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिनुभएको सन्देश रक्षामन्त्री पोखरेलले जनसमुदायमाझ जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, सडक विभागका महानिर्देशक गोपाल सिग्देलसमेतको सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।