पक्राउ पर्नुअघि गोरेले खुलासा गरेको ‘एक्सक्लुसिभ’ भिडियो टेप हेर्नुहोस्

काठमाडौं । पछिल्लो समय सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ ले पक्राउ पर्नुअघि नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसर्मपण गर्ने कार्यमा सहयोग गरिपाउँ भन्ने निवेदन दिएको खुलासा भएको छ ।

जीवन रक्षाको मागसहित गोरेले बक्तब्यमा भनेका छन् –

‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चितगराउने र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथा म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानमिन समिति समक्ष राख्न चाहान्छु ।’

जेठ ३ गते लेखेको निवेदनमा गोरेले केही विषयमा गम्भीर खुलासा समेत गरेका छन् । उनले लेखेका छन् – ‘यस वीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीन जनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाइसकेको हुँदा मेरो पनि जीवन खतरापूर्ण रहेको देखिन्छ । हाल म लुकी छिपी बाँच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन । सो सम्बन्धमा म सँग रहेका, भएका विषय राख्ने वातावरण वनाइदिन अनुरोध गर्दछु ।’

गोरेले लेखेको निवेदनमा खासगरी आफ्नो जीवन रक्षाको माग पटक–पटक गरेका छन् । उनले लेखेका छन् – ‘मेरो जीवनको रक्षा होस् । कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईं मार्फत नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु । सुरक्षित रुपमा न्यायलयमा पुग्न सक्ने मिति, स्थान र समयमा प्रबन्ध मिलाई दिन हुन समेत अनुरोध गर्दछु ।’

गोरेले निवेदनमा उल्लेख गरे बमोजिमको तीन जनाको मृत्यु भएको भन्ने सम्बन्धमा भने उनले केही उल्लेख गरेका छैनन् । तर उनले कानुनलाई सघाउने प्रतिबद्धता भने ब्यक्त गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।