सुन तस्करीका अभियुक्त ‘डा डेविट’ कारागार चलान

विराटनगर । सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

उनीसँग आज १० पानाको बयान लिएपछि थुनछेकको वहस भएको थियो ।

अठतीस क्विन्टल सुन तस्करी, सनम शाक्यको हत्या र अपराधिक सङ्गठन सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले गत वैशाख १९ गते ६३ जनामाथि मुद्दा दर्ता गरेपछि उनी फरारका सूचीमा थिए ।

घले आजै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।