पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले लगातार रुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नुपरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो ।

“पेट्रोलियम पदार्थमा भएको पटक÷पटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ,जनजीविका अत्यन्तै कष्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो,”–उहाँले भन्नुभयो ।

यस्तै नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी तथा संस्थानका सवारी साधन गुड्न नदिने कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।