कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

इटहरी, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नु हो भन्नुभयो ।

उहाँले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने बताउनुभयो ।

नेता पोखरेलले पार्टीभित्र नमिलेका केही कुरा छन् भने त्यो सचिवालयले मिलाउने दाबी गर्दै भरसक लेनदेन नमिलेमा तल्लो तहदेखि नै मिलाउँदै जाने विषयलाई कम्युनिष्टहरु आफैँले मिलाउँदै जान सक्नुपर्छ भन्नुभयो ।

सोही अवसरमा उहाँले राप्रपा तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा सांसद भीम आचार्यले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम साविक नेकपा (एमाले)का जिल्ला सभापति रमेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।