वैदेशिक रोजगारीको नाममा मेनपावर र दलालीको ठगी !

गाईघाट, उदयपुर । युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् ।

रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ ।

जाँतेका केशर रार्ईलाई डेढ वर्षअघि गाईघाटकै एक मेनपावरले राम्रो काम र तलब दिने सर्तमा रु एक लाख ७० हजार लिएर साउदी अरब पठायो । भनेजस्तो काम र तलब नपाएपछि उहाँ स्वदेश फर्किनुभयो ।

यस्तै, चौदण्डी नगरपालिका– ३ हँडियाका किशोर चौधरी दुई वर्षअघि गाईघाटको सनलाइट ओभरसिजबाट साउदी अरब जानुभयो । उहाँले एक हजार ५०० रियाल तलब दिने भनेपनि ५०० रियालमात्र पाउनुभयो ।

“साउदी अरब पुगेपछि मात्र गैर कानूनी रुपमा विदेश आएको थाहा पाएँ,” उहाँले भन्नुभयो ।

गाईघाटस्थित विभिन्न मेनपावरले सर्वसाधारणलाई ठगेर विदेश पठाउने गरेको पाइएको छ । जिल्ला समन्वय समिति वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास योजनाका संयोजक सोनम राई सात महिनामा स्थानीय मेनपावरविरुद्ध ३१ वटा ठगीका मुद्दा परेको बताउनुहुन्छ ।

ठगीमा परेका ३१ मुद्दामध्ये १२ वटामा आफूहरुले प्रशासन र प्रहरीसँग मिलेर कारबाही गराएर विदेशमा ठगिएकालाई घर फर्काइ न्याय दिलाएको संयोजक राईले बताउनुभयो । गाईघाटमा मेनपावर स्थानीयले नै अवैधरुपमा दर्ता नै नगरी सञ्चालन गर्दै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।