डा.केसीको पछाडी हामी लाखौ छौं : सभापति देउवा (भिडियो सहित)

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो ।

सभापति देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज छन् र उनका पछाडि हामी लाखौँ जनता रहेको प्रतिक्रिया पनि दिनुभयो ।

त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसी र राजपाका नेता महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा तथा रमेश यादवले पनि अस्पताल पुगी डा केसीको स्वास्थ्य अवस्थावारे जानकारी लिनुभयो ।

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको र कुनै पनि समयमा आकस्मिक समस्या आउन सक्ने बताइएको छ ।

डा केसीका तर्फबाट वार्तासमितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ताका सम्बन्धमा सरकारका तर्फबाट आज कुनै पनि जानकारी नआएको बताउनुभयो ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गर्नुभएको थियो ।

स्वास्थ्य जोखिममा पर्नेसक्ने भन्दै सरकारले हिजो हेलिकप्टरमार्फत डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उहाँ १५ औँ पटकको २० औँ दिनको अनशन शिक्षण अस्पतालमा हुनुहुन्छ ।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गर्नुभएको छ ।
—
यस्तै ट्वीटरमा “अनशनरत डा.गोविन्द केसीलाई आज त्रिवि शिक्षण अस्पताल पुगेर भेटे । उहाँको स्वास्थ्य अवस्था निकै कमजारे छ। लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा.केसीको पछाडी हामी लाखौ छौ । म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरा गरि जीवन बचाउन माग गर्दछु” लेख्दै गरेको भिडियो पोश्ट हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖