बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने

काठमाडौँ । बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको छ । द्विपक्षीय तथा युरोपेली संघमार्फत नेपाललाई त्यस्तो सहयोग उपलब्ध गराउने जनाएको छ ।

बेल्जियमको भ्रमणमा रहनुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज ब्रसेल्समा भएको द्विपक्षीय भेटमा त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडिएर रेन्डेर्सले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई देशका विदेशमन्त्रीबीच भएको भेटमा लगानी तथा व्यापार, पर्यटन प्रवद्र्धन र जनस्तर बीचको सम्पर्क विस्तारमा जोड दिइएको थियो । उहाँहरुले नेपाल, बेल्जियम–परामर्श संयन्त्र स्थपना भएकामा प्रशन्नता व्यक्त गर्दै त्यसलाई थप प्रभावकारी माध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा मन्त्री ज्ञवालीले नेपाललाई अल्पविकसित राष्ट्रका रुपमा सहयोग गर्दै आएकामा आभार व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेको आर्थिक विकासका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।