खुमलटारमा प्रचण्डसँग चीनका उपमन्त्रीको भेट, नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ ।”

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाउनुभएको थियो ।

उहाँले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकामा बधाई दिनुभयो । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताउनुभयो । ‘वान बेल्ट वान रोड’ परियोजना कार्यान्वयनका लागि सहज वातावरण तयार भएको उहाँको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।