प्रहरी र अपहरणकारीबीच मुठभेड, यसरी मारिए दुई अपहरणकारी (भिडियो सहित)
काठमाडौं । काठमाडौंको काँडाघारीबाट ११ वर्षका बालकलाई नियन्त्रणमा लिएर हत्या गर्ने दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्। बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो ।
अपहरणमा परेका बालकको शव भक्तपुरको ठीमीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो।
प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ नाम गरेका दुई युवाहरु मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी छ। बालकलाई अपरण गरेर उनीहरूले हत्या गरेका थिए। बालकको हत्या गर्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको थियो।
सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ।
बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए।
https://youtu.be/B8z6_naFVfQ


