बालविवाहपछि चरम यातना भोगेकी एक किशोरीको उद्धार

गौशाला । महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ ।

ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग भारतमा गएर दोश्रो विवाह गरेको थियो । विवाहपछि ठाकुरले उनलाई कुटपिट, अश्लील गालीगोलौजलगायत यातना दिँदै आएको थियो । मंगलबार पुनः चरम यातना दिएपछि उनले पतिको घर छोडी भागेको थियो ।

पतिको चरम यातना सहन नसकेर घर छोडी भागेकी किशोरीलाई प्रहरीले उनकै छिमेकबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । उनीसँग सोधपुछ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

घटनापश्चात् ठाकुर घरबाट भारततर्फ फरार भएको छ । प्रहरीले ठाकुरको व्यापक खोजतलास गरिरहेको र उनीमाथि बालविवाहको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

यसअघि पनि रञ्जीतले भारतमा विवाह गरेको एक युवती (पहिलो पत्नी) लाई चरम यातना दिएपछि उनी घर छाडेर हिँडेको र उनको हालसम्म कुनै अत्तोपत्तो नरहेको स्थानीवासीको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।