उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाइने

काठमाडौँ । संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन शुरु गरेका छन् ।

यस अन्तर्गत महिला तथा सामाजिक समितिले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आवका कार्यक्रमका बारेमा जानकारी लिएको छ ।

सो समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार भइरहेको र बालबालिकासम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा तयार भएको जानकारी दिनुभयो ।

उहाँले वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको, काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको वताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहारमा कमी ल्याउन सामूहिक प्रयासको आवश्यकता पर्छ ।” मन्त्रालयका कानूनी, संस्थागत तथा कार्यक्रमगत सुधार गर्ने कार्य जारी रहेको उहाँले समितिको बैठकमा जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।