शिक्षा आयोगको कार्ययोजना तय

काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

आयोगका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले चारमहिने कार्ययोजना पारित गरेको हो । आयोगको पहिलो बैठक यही साउन १६ गते बसेको मितिले चार महिनाको अवधि हुनेछ ।

बैठकमा अघिल्लो सरकारले विसं २०७४ भदौ १९ गते गठन गरेको शिक्षा आयोगले तयार गरेको प्रारम्भिक प्रतिवेदनको सुझावलाई ग्रहण गर्दै थप विषय क्षेत्र तय गरेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

आयोगले नौ वटा विषयगत समूहका संयोजक र विज्ञको नामावलीलाई अन्तिम रुप दिनेछ । शिक्षाको आगामी २५ वर्षे दूरदृष्टिकोण, शिक्षाका राष्ट्रिय उद्देश्य, समाजवादउन्मुख शिक्षा र मौलिक हकका विषयमा साझा धारणा बनाउन सबै विषय क्षेत्रले गृहकार्य गर्नेेछन् ।

प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षा तहसम्मका लागि संघीयता र समाजवादउन्मुख शिक्षाको नीति र संरचनाबारे आयोगले सुझाव दिनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।