‘म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो’

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ

चितवन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताउनुभयो ।

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उहाँले भन्नुभयो । एक प्रश्नमा मन्त्री थापाले भन्नुभयो, “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उहाँले बताउनुभयो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताउनुभयो ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको उहाँले बताउनुभयो । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उहाँले भन्नुभयो, “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।”

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताउनुभयो । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको छ भन्नुभयो । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उहाँले विपद व्यवस्थापनमा सरकार लागिपरेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।