अब मधेशबाटै विकासको मुल फुट्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् ।

शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘अब मधेशमा रेलको रफ्तारमा विकास हुन्छ । मुलुककै विकास मधेशबाटै अब रेलको गतिमा सुरु हुनेगरि सरकार अघि बढिरहेको छ । अब मधेशबाटै विकासको मुल फुट्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू संविधान संशोधन गर्ने तयारीमा जुटिसकेको पनि बताए । त्यस्तै किसानहरुको समस्याबारे पनि आफू चिन्तित रहेको ओलीले सुनाए । उनले भने,‘यहाँका किसानहरुलाई पिर, मर्का परेको छ, अब कुनै मर्का नपर्नेगरि मैले काम गरेको छु।’

सम्बोधनको क्रममा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै भने,‘समृद्ध नेपाल र सुखी नेपाली भन्ने मेरो नारामा भारतीय प्रधानमन्त्री मोदीजीको समर्थन छ । मधेशको सबै क्षेत्रमा विकास होस भन्ने मेरो चाहना छ, त्यसैले म मधेश आएको हुँ ।’

मधेशमा सडकलगायत पूर्वाधार विकासमा आफू नेतृत्वको सरकारले विशेष ध्यान पुर्याउँदै आएको उनको भनाई छ । उनले भने,‘मधेशको सडकलगायत अन्य बाटाघाटाहरुको विकासमा ७० प्रतिशत बजेट यहीँ आउँछ ।’

मधेशको समृद्धि र सम्पन्नता मुलुकसँग जोडिएको बताउँदै उनले भने,‘हाम्रो देशमा रेल, सडक, पानीजहाज सबै सम्भव छ । यी सबै कुरा म पूरा गरेर देखाउँछु । मधेश यसको प्रस्थानविन्दु हुनेछ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।