गणतन्त्रको आत्मा झल्कने गरी रासस ऐन संशोधन हुँदै

रत्ननगर । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आत्मा झल्किने गरी ‘रासस ऐन २०१९’ संशोधन हुने प्रक्रियमा रहेको जानकारी दिनुभएको छ ।

आज चितवनका पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “समयसापेक्षरुपमा गणतन्त्रको आत्मा बोक्नेगरी नयाँ ऐनमार्फत संस्थालाई प्रादेशिक संरचना अनुकूल संशोधन गर्न लागिएको छ ।”

“अहिले पनि रासस ऐन २०१९ को अधिनमै रहेर काम गर्नुपर्र्ने बाध्यता छ”, अध्यक्ष श्यामलले भन्नुभयो, “रासस ऐन २०१९ नै भए तापनि अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आत्मा झल्कने गरी संशोधन प्रक्रिया अगाडि बढेको छ ।”

उहाँले जबसम्म राजनीतिक परिवर्तनलाई स्थायित्व दिने संयन्त्र बलियो हुँदैन, तबसम्म राज्य व्यवस्था पनि बलियो हुन सक्दैन भन्दै यस्तो अवस्थामा राससले जनभावना अनुकूल आलोचनात्मक र खोजी सामग्री सम्प्रेषण गर्नेतर्फ उन्मुख रहेको बताउनुभयो ।

विसं २०३६, विसं २०४६ र विसं २०६२÷६३ मा राजनीतिक परिवर्तन भए पनि सामाजिक परम्परागत मानसिकतामा परिवर्तन आउन नसक्नाले सञ्चार क्षेत्र पनि त्यसबाट अलग नरहेको उल्लेख गर्दै अध्यक्ष श्यामलले नेपालको पत्रकारितालेसमेत ठूलो फड्को मारे पनि स्थिति हेर्दा चाहेजस्तो उज्यालो भने नदेखिएको बताउनुभयो ।

उहाँले आफू राससमा आएपछि प्रधानमन्त्री, सञ्चारमन्त्रीसहित विभिन्न प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीसँग राससलाई पुनःसंरचनातर्फ लैजाने कार्यसूची प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया आएको पनि बताउनुभयो ।

अध्यक्ष श्यामलले प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम खोल्नेतर्फ नीतिगत व्यवस्था गर्न लागेको सन्दर्भमा राससले नै त्यसको परिपूर्ति गर्न सघाउन सक्ने आफूले प्रस्ताव गरेको बताउनुभयो ।

राससमा आफू आएको दुई महिनामा आन्तरिक र बाह्य संरचनामा सुधार गर्ने प्रयास थालेको उल्लेख गर्दै उहाँले आस्थाका आधारमा नभई समर्पण, समझदारी, लेखनका आधारमा स्थान दिनेसमेत प्रष्ट्याउनुभयो ।

रासस कसैको प्रतिष्पर्धी नभई सहयोगी भएको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागी पत्रकारले राससले खोजमूलक समाचार दिन, छिटो समाचार प्रस्तुत गर्न र भिडियो सेवा शुरु गर्न यहाँका पत्रकारले सुझाव दिएका छन् ।

पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सिर्जना अर्यालले हिजोभन्दा आज राससमा परिवर्तन पाइएको उल्लेख गर्दै राससको समाचारमा गुणस्तर वृद्धि भएको बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शालीग्राम नेपालले भिडियो सेवा शुरु गर्न र राससमा काम गर्ने पुराना पत्रकारको विषयमा सम्बोधन गर्न सुझाव दिनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले भिडियो सेवा र फिचर समाचारमा जोड दिन आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले भिडियो सेवा र फिचर समाचारमा जोड दिन आग्रह गर्नुभयो ।

राससका प्रदेश समाचार सहसंयोजक प्रकाश सिलवाल, रासस चितवन कार्यालयका प्रमुख नारायण अधिकारी, पत्रकार विनोदबाबु रिजाल, प्रकाश अर्याल, प्रकाश ज्ञवालीलगायतले नेपाली पत्रकारिताको विकासमा राससको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

यसैबीच अध्यक्ष श्यामलले आज चितवनस्थित रासस कार्यालयको निरीक्षण गर्दै अन्य जिल्लाभन्दा चितवनको कार्यालय उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।