जेठसम्म विद्युत् निर्यात हुनेछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु ।”

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरीबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनेतर्फ प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । नेकपा) प्रदेश नं १ का कार्यदल संयोजक भीम आचार्यको अध्यक्षतामा सो कार्यक्रममा भएको थियो ।

कार्यक्रममा विस्थापित किसान, इत्तेहाद मुस्लिम सङ्गठन, स्थानीय तहका कर्मचारी, उखु किसान, बाढीपीडित र सुनसरी मोरङ सिँचाइ आयोजनाका उपभोक्ता समूहले प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।