पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग : रोजगारी विधेयक स्वीकृत

प्रतिनिधिसभा बैठक : विशेष समय

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद छविलाल विश्वकर्माले नेपाल राष्ट्रिय पुस्तकालयलाई अझ व्यवस्थित गरी थप संरक्षणको गर्न माग गर्नुभएको छ ।

उहाँले देशको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएका राष्ट्रिय पुस्तकालयलाई एकीकृत र सुरक्षित गरिनुका साथै प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुई वाइड बडी विमानमाथि अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न माग गर्नुभयो । सांसद अनिलकुमार झाले कैलालीबाट निर्वाचित रेशम चौधरीलाई सांसद पदको शपथ गराइ प्रमाणपत्र दिलाउन माग गर्नुभयो ।

सांसद उमा शङ्कर अगरियाले धानबालीमा मलको अभाव रहेको भन्दै किसानलाई मल उपलब्ध गराउन आग्रह गर्नुभयो । सांसद प्रेम सुवालले विकास निर्माणका विभिन्न क्षेत्रमा भएको अनियमिततामाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद खगराज अधिकारी हालै इण्डोनेशियामा सम्पन्न एसियन खेलकूद प्रतियोगितामा रजत पदक प्राप्त गर्ने खेलडीलाई जीवन निर्वाहमुखी भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । सांसद उमाकान्त चौधरीले बारा र पर्सा जिल्लाको छोटी भन्सारलाई व्यवस्थित गराउन माग गर्नुभयो ।

सांसद सरिता गिरीले महिला हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिँदै कार्ययोजना बनाई लागू गर्नुपर्छ भन्नुभयो । सांसद हितबहादुर तमाङले वर्षात्का कारण क्षति पुगेका सडकलाई पुनः निर्माण शुरु गर्न र बाढी पहिरो पीडित जनतालाई राहत पु¥याउन ध्यान दिनुपर्छ भन्नुभयो ।

सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न र महिला हिंसा अन्त्य गर्नुपर्छ भन्नुभयो । सांसद शशी श्रेष्ठले बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको घटनाको छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्नुभयो ।

सांसद प्रमोद साहले मधेश आन्दोलनका क्रममा दोषी ठहरिएका अभियुक्तलाई कानूनी दायरामा ल्याइनुपर्नेमा जोड दिनुभयो । सांसद पद्म गिरीले बैंकहरु बढी नाफामुखी भएर पटक–पटक अस्वभाविक व्याजदर बढाएर लगानीकर्तालाई निरास बनाएको भन्दै बैंकको सिण्डिकेट तोडिनुपर्ने खाँचो औँल्याउनुभयो ।

रोजगारी विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) २०७५ र सामाजिक सुरक्षा विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ती दुवै विधेयकलाई सदनको बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २८ गते बिहान ११ बजे बस्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।