संगै हुँदा पनि बोलेनन् पारस र हिमानी !, एक अर्कालाई हेरेर मुस्कुराए मात्र !

गोरखा । पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एउटै मन्चमा थिए । सँगै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंह, धिरेन्द्रकी छोरी दिलासा र सितास्मा शाह पनि थिए ।

दुर्लभ संयोग नै माननुपर्छ, पूर्वराजपरिवारका सदस्यहरुलाई औपचारिक कार्यक्रममा आजभोलि बिरलै देख्न पाइन्छ । तर, बिहीबार गोरखाको पालुङटार नगरपालिका –५ ठाटीपोखरीमा पूर्वराजपरिवारका अधिकांश सदस्यहरु एकै साथ देखिए ।

पूर्वरानी कोमल र युवराज्ञी हिमानी बुधवार नै मुग्लिङ आएर बसेका थिए । तर पूर्व युवराज पारससहित पूर्वराजपरिवारका केही सदस्यहरु भने फिस्टेल हेलिकप्टरबाट बिहीबार बिहान पालुङटार पुगेका थिए ।

लामो समयपछि पारस शाह र हिमानीलाई एउटै मन्चमा सँगै देख्दा कार्यक्रमका सहभागीहरु दंग थिए । दुईजना बीचको सम्बन्ध चिसिएको हल्ला सुनेका उनीहरु पारस र हिमानी बीच बोलचाल हुन्छ वा हुँदैन भन्दै नियाली रहेका थिए । तर, मञ्चमा उनीहरुबीच कुराकानी भने भएन ।

रिवन काटेर भवनको उदघाटनपछि भवनका कोठाहरु निरीक्षण गर्नतर्फ उनीहरु व्यस्त भए । निरीक्षणकै क्रममा एक्कासी पारस र हिमानी एक अर्कालाई हेरेर मुस्कुराए । अनि केही वार्तालाप गरेजस्तो पनि गरे ।

हिमानी ट्रष्ट र बुद्धिष्ट अर्गनाइजेशन जोडो सुद्वारा निर्मित भवानी माध्यामिक विद्यालयको भवन उदघाटन कार्यक्रममा सहभागी हुन उनीहरु पालुङटारको ठाटीपोखरी आएका थिए ।

बिहान करिब ८ बजे नै पालुङटार आइपुगेका पारसले स्थानीयहरुसँग भेटघाट र अन्तरक्रिया गर्नसमेत भ्याए । पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीको आगमनपछि भवन उदघाटनको औपचारिक कार्यक्रममा सहभागी हुन उनीहरु विद्यालयमा पुगेका थिए ।

४ करोडमा ८ कोठे भवन
भूकम्पले भवन क्षती पुगेपछि सो विद्यालयमा कुल ४ करोड ९५ लाखको लागतमा आठ कोठे नयाँ भवन निर्माण गरिएको हो । सो भवनको २०७३ मंसिर १९ गते शिलन्यास गरिएको थियो ।

टहरामा कक्षा संचालन गर्दे आएको विद्यालयलाई भवन बनेसँगै पठनपाठनमा सहज हुने प्रधानाध्यापक ओझराज गिरीले बताए । उनीहरुबाट थप आठ कोठे नयाँ भवन निर्माण गरिदिने सम्झौता भएको उनले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖