राष्ट्रिय लाखेनाच प्रतियोगिता हुँदै

चितवन । यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ ।

लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो ।

प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने छ । लोप हँुदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।