हिमालको पानी विदेशमा बेचेर आम्दानी बढाउन नेपाललाई जापानको सुझाव

काठमाडौँ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ ।

नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालयमा रहेको पिउन योग्य पर्याप्त पानी निर्यात गर्न सकिने बारेमा सुझाव दिएको हो ।

सो अवसरमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन भइरहेको बताउनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

उहाँले नेपालमा बढ्दो शहरीकरणसँगै फोहर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको बताउनुभयो ।

यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चा गर्दै उहाँले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको उल्लेख गर्नुभयो ।

नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उहाँले मुलुकका सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताउनुभयो ।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताउनुभयो । पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले त्यसमा सबै मिलेर काम गर्नुपर्ने सुझाउनुभयो ।

टोली सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर अब सबैभन्दा ठूलो सङ्कट पानीको आउने भन्दै नेपालको हिमालय क्षेत्रमा रहेको पर्याप्त पानीलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो । विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।