मोरङस्थित रिसोर्टमा हवाई जहाज !, सर्वसाधरणको लागि यसरी दिइदैछ सुबिधा (भिडियो सहित)

इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित बलियामा रहेको गोकुलम रिसोर्टमा भर्खरै एउटा उडान बन्द गरेको हवाइजहाज ल्याइएको छ ।

बिहिबार राति राजधानीबाट लोरिमा ल्याइएको उक्त्त जहाजलाइ म्युजिमको रूपमा विकास गर्न लागेको संचालक गिरिश डंगोलले जानकारी दिए । पर्यटक भित्र्याउने मुख्य उदेश्य सहित दुर्लभ चिज बस्तुहरुलाई रिसोर्टमा राखेर पुरातात्तिक चिजहरुको महत्व तथा ज्ञान दिने गरि संचालन गर्न लागिएको संचालक डंगोलले जानकारी दिएका छन् ।

हवाइजहाज म्युजियमलाइ दशैँ अगाडी संचालनमा ल्याउनेगरि तयारि भैरहेको छ । प्लेन चढेको जस्तै आनन्द आउने गरि टिकट, एयरहोस्टेज, पाइलट, प्लेन भित्र बसेर प्लेन सम्बन्धि डकुमेन्ट्री समेत देखाइने बताइएको छ ।

काठमाडौँ, धनगडी पछि अब पूर्व मोरङको सुन्दरहरैंचा अवस्थित गोकुलम रिसोर्टमा हवाइजहाज म्युजियम संचालन हुने भएको छ ।

पछिल्लो समयमा पूर्वमा नभएका १० अनौठा बस्तुहरुलाई गोकुलाममा सजाउने मुख्य योजना संगै हाल रिसोर्टमा पानीजहाज, ताजमहल, आइफिल टावर, धरहराको नमुना टावर, बोटिंग लगायतका बस्तुहरु देख्न तथा भरपुर आनन्द लिन सकिन्छ ।

निकट भविस्यमै मलेसियाको टुइन टावर, युएइमा रहेको बुजखलिफा टावर लगायतका नमुना बनाउने र ४० सिटको हेलिकप्टर समेत भित्र्याउने योजना रहेको संचालकले जानकारी दिएका छन् ।

वि सं २०६७ सालबाट निर्माण थालिएको गोकुलम रिसोट बिगत ३ बर्ष देखि संचालनमा छ । छोटो समयमा रिसोर्टले निकै लोकप्रियता पाउदै गएको छ । प्राकृतिक हरियाली संगै मनोरम दृश्य तथा विभिन्न सेवा सुबिधा सहित संचालित उक्त्त रिसोर्टमा अब म्यूजिय समेत देख्न पाइने भएको हो । हेर्नुस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।