भारी बोकेर हुर्काएको छोरालाई क्यान्सर भएपछि घरैबाट निकालिएका आमा छोराको यस्तो बिजोग (भिडियो सहित)

धनकुटा । ब्लडक्यान्सरबाट पीडित भएका धनकुटाको सहिदभुमी-२ का १६ वर्षीय सुनील विकलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन्।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सुनीलको परिवारले सहयोगको माग गरेको हो।

सुनील उनकी आमा ओमकुमारी शिवाले सुनिलका बुबा छत्रबहादुर विकसँग अन्तरजातीय विवाह गरेकी र विक परिवारले अन्तरजातीय विवाह गरेको भन्दै घरमा बस्न नदिएपछि भारतको मेघालय पुगेका थिए।

मेधालयमा कोइलाखानीमा काम गरेर जीवनयापन गरिरहेका उनका बाबुको निधन भएको ओमकुमारीले बताइन्। त्यो बेला छोरा सुनिल पाँच महिनाको गर्भमा रहेको उनले बताइन्।

त्यसपछि घर फर्केर जाँदा तल्लो जातको भनि घरमा पस्न नदिएपछि ८ वर्ष माइत बसेर सुनसरीको धरान झरेर अर्काको घरमा काम गरेर छोराको पालन पोषण गरिरहको उनले बताइन्।

गत बैशाख २६ गतेबाट बिरामी भएको, जाँच गर्न जाँदा उनलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाँदा ब्लडक्यान्सर भएको पत्ता लागेको र त्यहाँ उपचार हुन् नसकेपछि हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी, ललितपुरमा उपचार भइरहेको परिवारजनले बताएका छन्।

उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन्। ‘हालसम्म उपचारमा १६ लाख रुपैयाँ खर्च भएको छ र अहिले एक पैसा पनि छैन’, ओमकुमारीले भनिन, ‘दुई दिनमा नियमित चेक गराउनुपर्छ र हरेक पटक १५ हजार रुपैयाँ लाग्छ, दुख जति मेरै निधारमा मात्रै लेखेको रहेछ।’

ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका सुनिलले पनि आफूलाई बचाउन सबैलाई अनुरोध गरे। ‘आमालाई सुख दिने बेलामा यो अवस्था भएको छ’, ‘प्रविधीको विकाससँगै निको हुन्छ भन्ने लागेको छ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।