शुक्रबारेमा बन्ने भो ‘केपाङ’!
धनकुटा खबर । तेह्रथुमको छथरगाउँपालिकाको शुक्रबारेमा मा पूर्वी नेपालमा बसोबास गर्दे आएका लिम्बुहरुको ऐतिहासिकता संग जोडीएको केपाङ अर्थात च्याब्रङ्ग घर निर्माण हुने भएको छ ।
निर्माण सुरु गरिएको केपाङ निर्माण गरी सक्न करीब १ करोड लागत लाग्ने गाउँपालिकका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।
आर्थिक बर्ष २०७४÷२०७५ मा नै २० लाख विनियोजन गरि कम सुरु गरीएको भए पनि समय अभावले ३ लाख रुपैया मात्र खर्च गरिएको त्यस बेला घडेरी सम्याउने काम मात्र भएकोले यो आर्थिक बर्ष बाट कामले गति लिने तिगेलाले धनकुटा खबर लाई बताए ।
क्रमागत रुपमा आगामी ४ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको केपाङमा लिम्बु हरुको ऐतिहासिक बस्तु राखिने साथै यस लाई सबै जातीहरुको जातीए संग्रहलयको रुपमा विकास गरिने छ ।
भवन च्याब्रङ्ग आकार मा निर्माण हुने र यसमा समय सुचकको रुपमा घडी समेत राखिने गाउँपालिकाले जनाएको छ ।


